अमेरिकामा चुनावी माहोलले तातेकाे नेपाली समाज टेक्सस , भण्डारी प्यानलले गर्याे सुझाब संकलन कार्यक्रम

अमेरिकामा चुनावी माहोलले तातेकाे नेपाली समाज टेक्सस , भण्डारी प्यानलले गर्याे सुझाब संकलन कार्यक्रम

अमेरिका, टेक्सस । अमेरिकाको टेक्ससमा रहेका नेपालीहरूबीच सर्वाधिक सदस्यता भएको संस्था ‘नेपाली समाज टेक्सस (एनएसटी)’ को नयाँ नेतृत्व चयन गर्न हुने निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोल तातेको छ । सन् १९९८ देखि सक्रिय एनएसटीमा हाल ६ हजार २ सय सदस्य छन् । यही संस्थाको २०२५–२०२७ कार्यकालका लागि डिसेम्बर १३ मा हुने निर्वाचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष जनक भण्डारी र महासचिव विजय भुसाल अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । दुवैजना आफ्ना–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा छन् ।

१६ पदको लागि हुने चुनावमा ३३ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

जनक भण्डारीको प्यानलबाट—

-वरिष्ठ उपाध्यक्ष: चण्डी भण्डारी

-उपाध्यक्ष: गुञ्जन भण्डारी

-महिला उपाध्यक्ष: राधिका खराल

-महासचिव: रामकृष्ण यादव

-सचिव: सुशील बर्तौला

विजय भुसालको प्यानलबाट—

-वरिष्ठ उपाध्यक्ष: जीवलाल भुसाल

-उपाध्यक्ष: दिलीप राई

-महिला उपाध्यक्ष: शान्ता गिरी

-महासचिव: प्रविस श्रेष्ठ

-सचिव: नारायण केसी

वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षका रूपमा दुई कार्यकाल काम गरिसकेका जनक भण्डारीले आफ्नो अनुभव र समुदायप्रतिको निरन्तर प्रतिबद्धताले आफूलाई अध्यक्षका योग्य उम्मेदवार बनाएको दाबी गरे । टेक्ससमा रहेका नेपालीहरूको समस्या समाधानमा सधैं सक्रिय रहेको उनले उल्लेख गरे । एनएसटीको आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने चासो टेक्ससका नेपाली समुदायमा बढ्दै गएको छ ।

यसैबीच जनक भण्डारीको प्यानलले आज सञ्चारकर्मीहरुसँग सुझाब संकलन कार्यक्रमकाे आयाेजना गरेकाे छ । साे अवसरमा जनक भण्डारीले सुझाब संकलनबाट आएका महत्वपूर्ण सुझावहरुलाई लिएर अघि बढ्ने बताएका छन् । नेपाली समाजले हालसम्म गर्दै आइरहेका कार्यहरुलाई अझै थप प्रभावकारी बनाउदै लैजाने उनले प्रतिबद्धता जनाएका छन् ।