निर्मला हत्या प्रकरणः फेरि चर्किंदै आन्दोलन

निर्मला हत्या प्रकरणः फेरि चर्किंदै आन्दोलन

कञ्चनपुर, १७ असोज । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग सुरु भएको आन्दोलन फेरि चर्कंदै गएको छ । विभिन्न संघ–संस्थाले दिनहुँजसो धर्ना, जुलुस र बन्दलगायत कार्यक्रमहरू गरिरहेका छन् ।

कञ्चनपुर बन्दको आहवान गरेको नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरूले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयका कर्मचारीमाथि हातपात र कार्यालयमा तोडफोड गरेका छन् । यो खबर आजका विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित छ । हामीले भने यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौ । यस सम्बन्धी विस्तृत खबर कान्तिपुरमा छापिएको छ ।