

काठमाडौँ । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको लोगो आज सार्वजनिक गरिएको छ। पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको औपचारिक लोगो सबैका सामु प्रस्तुत गरेका हुन्।
पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक प्रतिनिधित्व भएको बताए। लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँचतले दरबार र पार्टीको निर्वाचन चिन्हलाई बहुभाषिक शैलीमा संयोजन गरिएको छ।
सोही अवसरमा महाधिवेशन केन्द्रित जिङ्गल पनि सार्वजनिक गरिएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका पदाधिकारीहरू कार्यक्रममा उपस्थित थिए।
एमालेको ११औं राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने तय छ। महाधिवेशनका लागि मातहतका कमिटीमा प्रतिनिधि छनोट मङ्सिर १३ गतेसम्म सम्पन्न भइसकेको छ।