

काठमाडौँ । आज (आइतबार) दिउँसो १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतले सो जानकारी दिएको छ।
सैपाल हिमाल केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का बाजुरामा पनि महसुस भएको छ। पश्चिमी सुदूरपश्चिमका स्थानीय त्रसित बनेका छन् भने भूकम्पीय जोखिममा रहेका बझाङ, बाजुरा र आसपासका क्षेत्रका नागरिकमा डर फैलिएको छ।
जिल्ला प्रशासन कार्यालय बाजुराले स्थानीयलाई सतर्क रहन चेतावनी जारी गरेको छ। प्रशासनका अनुसार प्राकृतिक विपद्हरू, जस्तै भूकम्प, कुनै पूर्व सूचना नदिई आउने भएकाले नागरिकहरूले सजग र सतर्क रहनु आवश्यक छ।