आज विश्व अहिंसा दिवस

आज विश्व अहिंसा दिवस

काठमाडौं, १५ असोज । आज विश्व अहिंसा दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघ आवद्ध मुलुकहरुमा सन् २००७ देखि हरेक बर्ष अक्टोबर २ अर्थात् आजकै दिन विश्व अहिंसा दिवश मनाउने गरिन्छ ।

अहिंसा दिवसका अवसरमा शान्ति, मानवअधिकार र अहिंसाको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् । आजभोली विश्वमा हिंसाका घटनाहरु दिनानुदिन बढ्दै गएको छ, हिंसात्मक कार्यहरुलाई संस्थागत रुपमा अभ्यास गर्ने गिरोहहरु संसारका हरेक ठाउँहरुमा सक्रिय छन् । अर्कोतर्फ हिंसाका विरुद्ध वोल्न, लेख्न अनि अभिब्यक्त गर्नसक्ने आवाजहरुको कमीका कारण सृजना भएको मौनताले गर्दा पनि हिंसात्मक मानसिकताका जमातहरूको मनोबल बढाउन सहयोग गरेको छ ।

यसैबीच  अन्तराष्ट्रिय अहिंसा दिवस तथा गान्धी जयन्तीको अवसरमा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले आज ‘२१ औँ शताब्दीको लोकतन्त्र र गान्धी विचार’ विषयक विचार गोष्ठीको आयोजना गरिएको छ ।

राजधानीको गैरीधारामा सवा २ बाट सुरु हुने कार्यक्रमको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गान्धी विचारकोे बारेमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, कांग्रेस केन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरी, नेकपाका केन्द्रीय सदस्य तथा सांसद घनश्याम भुषाल, भारतीय जनता पार्टीका नेता तरुण विजयी र भारतीय जनतापार्टीका नेता चन्दन कुमारले मुख्यवक्ताको रुपमा बोल्नुहुनेछ ।

तत्कालिन प्रधानमन्त्री महात्मा गान्धीको १५० औँ जन्मजयन्तीको अवसरमा आज भारत सरकारले पनि विविधको आयोजना कार्यक्रम गरि मनाइँदैछ । विश्वभर अशान्ति, आतङ्कवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्रसङ्घको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर २ अक्टोबरलाई अन्तरराष्ट्रिय अहिंसा दिवस मनाउने घोषणा गरेको थियो ।

सन् २००८ देखि राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्रले अहिंसा दिवस मनाउन सुरु गरेका हुन् । यो दिवस नेपालमा पनि सन् २००८ देखि मनाउन थालिएको राष्ट्र सङ्घका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि डा. जयराज आचार्यले बताउँनुभयो ।