

काठमाडौं । एएफसी यू–१७ एसियन कप छनोटअन्तर्गत आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्ने भएको छ। पहिलो जितको खोजीमा रहेको नेपालले यसअघि समूह चरणको पहिलो खेलमा सिरियासँग ४–२ ले पराजय बेहोरेको थियो।
उता, म्यानमार भने लगातार दोस्रो जीतको लक्ष्यसहित मैदानमा उत्रिँदैछ। उसले पहिलो खेलमा अफगानिस्तानलाई ३–१ ले पराजित गर्दै तीन अंक जोडिसकेको छ।
समूह ‘जी’अन्तर्गत हुने यो खेल म्यानमारको थुवून्ना रंगशालामा नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ।
अङ्कतालिकामा नेपालले अझै अंक जोड्न सकेको छैन, भने म्यानमार तीन अंकसहित दोस्रो स्थानमा रहेको छ।