स्याबासीमा जसले पाए सुनको औंठी र नगद

स्याबासीमा जसले पाए सुनको औंठी र नगद

लमजुङ, १५ असाेज । पौडी खेल्दै गर्दा मस्र्याङ्दीमा डुबेका एक किशोरलाई सकुशल उद्धार गरेका दुई युवकलाई स्याबासीस्वरूप सुनको औंठी दिइएको छ। गत साउन १९ मा पौडी खेल्ने क्रममा बेसीसहर ६, चण्डीस्थान मकैडाँडाका १५ वर्षीय प्रतीक रिमाल डुबेका थिए । उनलाई बेसीसहर ११, चितीबेंसी भोटेनी गाउँका पेम्बा र उनका भाइ फुर्वा तामाङले बचाएका थिए । याे खबर अाजकाे कान्तिपुर दैनिकबाट लिएका हाैँ ।

प्रतीककी आमा कल्पना रिमाल, मामाघरतर्फका हजुरबुवा तिलकबहादुर र हजुरआमा डिलमाया खडकाले टीका र खादा ओढाउँदै दुवै जनालाई जनही ३८ हजार रुपैयाँ पर्ने ५५ लालको सुनको बेरुवा औंठी र नगद ५ हजार १ सय ११ रुपैयाँ दिएका हुन् । प्रतीकले आफूलाई बचाएर नयाँ जीवन दिएकोमा खुसी हुँदै तामाङ दाजुभाइलाई शनिबार सुनको औंठी लगाइदिए ।