

काठमाडौं। कप्तान रोहितकुमार पौडेल अर्धशतक बनाउन एक रनले चुके पनि उनको नेतृत्वमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनएपीएल) मा कर्णाली याक्सलाई १५७ रनको मध्यम लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन जोडेको हो।
लुम्बिनीका कप्तान रोहितले सर्वाधिक ४९ रन योगदान दिए। ४३ बलमा खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।
यसका साथै, जेजे स्मिथले १३ बलमा २ चौका र १ छक्कासहित २३ रन जोडे भने डार्सी सर्ट १९ रनमा आउट भए।
अब कर्णाली याक्सले १५७ रनको लक्ष्य पछ्याएर मैदान उत्रने छ।