नेकपा एमालेको सचिवालय बैठक च्यासलमा सुरु, महाधिवेशन तयारीमा केन्द्रित

नेकपा एमालेको सचिवालय बैठक च्यासलमा सुरु, महाधिवेशन तयारीमा केन्द्रित

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठक केहीबेरअघि शुरू भएको हो र केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यसले महाधिवेशनसम्बन्धी विभिन्न निर्णयहरू गर्नेछ।

गौतमले भने, ‘महाधिवेशनको तयारी गर्न उपसमितिहरू बनाउने, साथै अन्य तयारीका निर्णय पनि बैठकले गर्नेछ।’

यो बैठक जेनजी आन्दोलनका क्रममा क्षति पुगेको कार्यालय मर्मत पछि च्यासलमा बस्ने पहिलो सचिवालय बैठक हो। हाल च्यासल आंशिक रूपमा सञ्चालनमा आएको छ।

गौतमका अनुसार, ‘संगठन विभाग र संसदीय दलको बैठक पहिले नै बसेको छ, तर पार्टी सचिवालयको बैठक भने पहिलो पटक बस्न लागेको हो।’