नेतालाई सभा–कार्यक्रममा जान अवरोध पुर्‍याइए चुनाव हुँदैन : डा.भीमार्जुन आचार्य

नेतालाई सभा–कार्यक्रममा जान अवरोध पुर्‍याइए चुनाव हुँदैन : डा.भीमार्जुन आचार्य

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले नेताहरूलाई आफ्नै सभा–कार्यक्रममा जान रोकावट गरिनाले आगामी चुनावमै शंका उत्पन्न हुने टिप्पणी गरेका छन्।

बाराको सिमरामा एमाले नेताहरूलाई प्रवेश निषेध गरिएका घटनापछि उनले सामाजिक सञ्जालमार्फत प्रश्न उठाउँदै भने,
‘नेताहरूलाई जनतामाझ जानै नदिने हो भने चुनाव कसरी सम्भव हुन्छ ?’

उनले सत्तामा रहेका जेनजी आन्दोलनका नेताहरू झनै बढी जिम्मेवार हुनुपर्ने स्मरण गराउँदै यस प्रकारका अवरोधले लोकतान्त्रिक अभ्यास कमजोर बनाउने चेतावनी दिए।