सिमरा घटना जेनजी भावनाको दुरुपयोग : विश्वप्रकाश शर्मा

सिमरा घटना जेनजी भावनाको दुरुपयोग : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनै पनि राजनीतिक दल वा नेतामाथि निषेधको राजनीति गर्न नहुने आग्रह गरेका छन्। बाराको सिमरामा भएको झडप र एमाले नेताहरूलाई प्रवेश रोकिएको घटनातर्फ संकेत गर्दै उनले यस्तो चेतावनी दिएको हुन्।

बुधबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया व्यक्त गर्दै शर्माले सिमरा घटनालाई जेन–जी पुस्ताको वास्तविक भावना नभई त्यसको दुरुपयोग भएको बताए। उनकाले, ‘सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन सक्दैनन्,

शर्माले जनप्रतिनिधि तथा नेताहरूलाई स्वतन्त्र रूपमा भ्रमण गर्न सकिने वातावरण निर्माण नगरेसम्म निर्वाचनसमेत सहज रूपमा सम्पन्न नहुने भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्।

सिमरामा जेन–जी युवाहरू र एमाले कार्यकर्ताबीच भएको झडपलाई उनले दुःखद् घटना भनेका छन्।