

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाण्डु गोर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। १३१ रनको लक्ष्य पछ्याएको काठमाण्डुले १८ ओभरमै ५ विकेट गुमाएर खेल आफ्नो पक्षमा पारेको हो।
काठमाण्डुकाका लागि वेन चाल्र्सवर्थ उत्कृष्ट प्रदर्शन गर्दै ४६ रन बनाए। आकाश त्रिपाठीले ३९ रन जोड्दा मिलिन्द कुमारले १९, जोन सिम्पसनले १३ तथा भीम सार्कीले ३ रनको योगदान दिए। मोहम्मद आदिल आलम ८ रनमा अविजित रहे।
जनकपुरका बलर किशोर महत्तो, अनिलकुमार शाह, ललित राजवंशी, जान निकोल लोफ्टी इन्टन र सञ्जय कृष्णमूर्तिले एक–एक विकेट हात पारे।
यसअघि टस हारेर ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रनको चुनौती दिएको थियो। जनकपुरका ओपनर आसिफ शेखले ४१ बलमा ५४ रन बनाउँदै अर्धशतक प्रहार गरे। मयन यादवले ३४ रन जोड्दा लाहिरु सिमारकूनले २२ रन बनाए।
अन्य ब्याट्सम्यानहरू लाहिरु मिलान्था ७, कप्तान अनिलकुमार शाह ०, लोफ्टी इन्टन २ र सञ्जय कृष्णमूर्ति २ रनमै सीमित रहे। रुपेश सिंह ४ रनमा अविजित रहे।
काठमाण्डुकाका मिलिन्द कुमारले प्रभावशाली बलिङ गर्दै ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। करण केसी, शाहव आलम र सन्तोष यादवले पनि एक–एक विकेट झारे।