

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच जना सांसदलाई पदमुक्त नगर्न आदेश जारी गरेको छ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मधेश प्रदेश सभा सभामुख रामचन्द्र मण्डललाई ती सांसदहरूको पद तत्काल कायम राख्न निर्देशन दिएको हो।
यस आदेशसँगै पाँचै जना सांसदहरूको पद अहिले यथास्थितिमा रहनेछ।