लाईबेरियाको नयाँ राष्ट्रपतिमा जर्ज निर्वाचित

लाईबेरियाको नयाँ राष्ट्रपतिमा जर्ज निर्वाचित

पुस १४, पश्चिम अफ्रिकी मुुलुक लाईबेरियाको नयाँ राष्ट्रपतिमा पूर्व फुटवल खेलाडी जर्ज वेनिर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी जोसेफ बोकाइलाई पराजित गर्दै ५१ बर्षीय जर्ज विजयी हुनुभएको बीबीसीले उल्लेख गरेको छ । निर्वाचनमा कुल खसेको ९८ दशमलव १ प्रतिशत मत मध्ये उहाँले ६१ दशमलव ५ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

योसँगै जर्जले अफ्रिकाको पहिलो राष्ट्रपति एलेन जोनसन सरलिफलाई प्रतिस्थापन गर्नेछन् । लाईबेरियामा पहिलो पटक प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण हुन लागेको हो । यसअघि अफ्रिकाकै सर्वाधिक चर्चित फुटवल खेलाडी जर्जले पेरिस सेन्ट जर्मन, एसी मिलान, चेल्सी र म्यानचेस्टर यूनाईटेड र  जस्ता चर्चित फुटबल क्लबमा आबद्ध हुनुहन्थ्यो । फिफा वल्र्ड प्लेयर अफ द इयर र बालोन डिओर जस्ता अवार्डबाट सम्मानित जर्जले सन् २००२ मा खेल जगतबाट सन्यास लिनुभएको थियो । त्यसयता जर्ज सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको थियो । निर्वाचित भएलगत्तै ट्वीट गर्दै जर्जले आफ्नो जिम्मेवारीलाई पूर्णत: पालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।