निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । हालै सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण तथा काठमाडौं उपत्यका बाहिर जान रोक लगाइएको छ।

२३ र २४ भदौका घटनासम्बन्धी छानबिनका लागि गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको सूचनामा उल्लेख छ, “सेवा निवृत्त भइसकेका आईजीपी खापुङलाई जाँचबुझ तथा छानबिनका क्रममा कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुनाले आजैदेखि लागू हुने गरी उनको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गरिएको छ।”

आयोगले यसबारे खापुङलाई औपचारिक रूपमा जानकारी गराउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ।