नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाणपत्र

नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाणपत्र

काठमाडौं । पूर्व सांसद रेशम चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ता गरेका छन्।

यसअघि पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीले अहिले छुट्टै दल दर्ता गराएका हुन्।

नयाँ पार्टीमा चौधरी संरक्षक रहँदा कबीर सोपलाई अध्यक्षको जिम्मेवारी दिइएको छ। दल दर्ता प्रमाणपत्र बुझ्न चौधरी, सोपलगायतका नेताहरू सोमबार निर्वाचन आयोग पुगेका थिए।