मधेश प्रदेशमा मुख्यमन्त्रीको पदभार जारी रहँदा बाहिर झडप

मधेश प्रदेशमा मुख्यमन्त्रीको पदभार जारी रहँदा बाहिर झडप

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले पदभार ग्रहण गरिरहेका बेला बाहिर झडप भएको छ।

निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनारले प्रदेश प्रमुख कार्यालयको गेटमा पुगेपछि स्थिति तनावपूर्ण बनेको हो। उनले समर्थकहरूलाई सम्बोधन गर्दै भने, “हाम्रो जित भयो, यो मुख्यमन्त्रीको पद चाँडै जाँदैछ।”

त्यसपछि उनी आफ्ना समर्थकहरू सहित गेटभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो। त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच धक्का मुक्का र झडप भएको बताइएको छ।

विरोध प्रदर्शनका क्रममा सांसद, राजनीतिक दलका नेता–कार्यकर्ता र प्रहरीबीच मुठभेड भएको थियो। परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरी भिड तितरबितर पारेको छ।

हाल मधेश भवन अगाडिको क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन थप प्रहरी फोर्स परिचालन गरेको जनाइएको छ।