ठूलो दलको हैसियतमा एमालेका यादव मुख्यमन्त्री नियुक्त

ठूलो दलको हैसियतमा एमालेका यादव मुख्यमन्त्री नियुक्त

काठमाडौँ । मधेश प्रदेशमा नेकपा (एमाले) का संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले जनकपुरबाहिरै कार्यक्रम आयोजना गरी यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई नयाँ मुख्यमन्त्री नियुक्त गरिएको हो ।