एजेन्सी, १३ असोज । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनलमा बंगलादेशलाई ३ विकेटले हराएर भारत च्याम्पियन बनेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बंगलादेशले दिएको २२३ रनको लक्ष्य भारतले ५० ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । रोमान्चक बनेको खेलमा भारतले अन्तिम बलमा बंगलादेशमाथि जित निकालेको थियो । उपाधि जितेको भारतले एसिया कपको ७ पटक च्याम्पियन भयो । भारतले यसअघि १९८४, १९८८, १९९०, १९९५, २०१०, २०१६मा पनि तिजेको हो ।
युएईमा भएको प्रतियोगितामा पहिला ब्याटिङ गर्दै भारतलाई बंगलादेशले २२३ रनको लक्ष्य दिएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८, दिनेश कार्तिकले ३७ , महेन्द्रसिंह धोनीले ३६ तथा केदार जाधबले नट आउट २७ रन बनाएका थिए ।भारतलाई अन्तिम २ ओभरमा ९ रन चाहिएकोमा ४९औं ओभरमा ३ रन मात्र बनाउन सकेको थियो । बंगालादेशले ब्याटिङ गर्दा शुरुआत राम्रो गरेपनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा सामान्य स्कोरब बनाएको थियो ।
पहिलो विकेटका लागि लिंन्टन दास र मेहदी हसनले १२० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत गराएका थिए । तर त्यसपछि नियमतिरुपमा विकेट गुमेपछि भारत बंगलादेशमाथि हावी भएको थियो । बंगलादेशका निलन्टन दासले १२१ रनको पारी खेलेका थिए । एसियाकपको म्यान अफ दी सिरिज शिखर धवन भएका छन् ।