सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ । सर्वपक्षीय अन्तरिम सरकार गठनको मागसहित नेकपाले बिहीबार राजधानीमा र्‍याली र सभा आयोजना गरेको हो ।

पार्टीका अनुसार जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति र त्यसले ल्याएको नयाँ शक्ति सन्तुलनबारे आफ्नो धारणा जनतामाझ पुर्‍याउने उद्देश्यले प्रदर्शन गरिएको हो ।

र्‍याली विभिन्न स्थान हुँदै भृकुटीमण्डप पुगेको र अहिले त्यहाँ सभा भइरहेको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।