

काठमाडौं । डा. निकोसल भुसाल (कमल भुसाल) लाई प्रहरीले मंगलबार दिउँसो गोरखा नगरपालिका–८, रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा प्रहरीले गरेको सहकार्यमा उनलाई नियन्त्रणमा लिएको हो।
कार्यालयका एक अधिकृतका अनुसार भुसाललाई सामाजिक सञ्जालमार्फत अमर्यादित र अभद्र अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको हो।
भुसालविरुद्ध सूचना प्रविधि ऐनअन्तर्गत अनुसन्धान अघि बढाइने बताइएको छ।