सर्वोच्च र जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी

सर्वोच्च र जिल्ला अदालतले  दिए प्रहरीमा जाहेरी

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटनाबारे अनुसन्धान गर्न सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन्।

जाहेरी जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा पेश गरिएको छ। परिसरका एसएसपी रमेश थापाका अनुसार, ‘अदालतका तर्फबाट जाहेरी आएको छ, अब अनुसन्धान अघि बढ्नेछ।’

जाहेरी आएसँगै प्रहरीले अदालतमा भएको तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको जनाएको छ। प्रहरीले घटनामा संलग्नहरूको पहिचान गरी कानुनी दायरामा ल्याउने तयारी गरेको छ।

भदौ २३–२४ मा भएको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा ठूलो क्षति पुगेको थियो र महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए।