कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

काठमाडौँ । पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ।

आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।

बैठकमा संस्थापन र इतर दुवै समूहले आगामी महाधिवेशनका कार्यतालिका प्रस्ताव गर्ने तयारी गरेका छन्। संस्थापन इतर पक्षले मंसिर मसान्तभित्रै महाधिवेशन गर्नुपर्ने माग गर्दै आएको छ भने संस्थापन पक्षले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडान लिएको छ।