

काठमाडौं । पार्टी एकता गर्ने निर्णयपछि नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूबीच आज पुनः महत्त्वपूर्ण छलफल भएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एकता प्रक्रियाका आगामी कदमबारे छलफल भएको हो।
तीनै नेता आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कार्यालयमा बसेर एकता कार्यान्वयनका विषयमा कुराकानी गरिरहेका हुन्। नेताहरूका अनुसार हिजो माओवादी–समाजवादीसहित आठ दलले एकता गर्ने घोषणा गरेपछि आजको छलफल कार्यान्वयनका ठोस विषयमा केन्द्रित भएको हो।
एकता घोषणामा सहभागी दलहरूले चुनाव चिन्ह ‘तारा’ कायम गर्ने निर्णय गरे पनि पार्टीको नाम भने अझै सार्वजनिक गरिएको छैन।