राजदूत फिर्ता गर्ने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश

राजदूत फिर्ता गर्ने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले विभिन्न ११ मुलुकमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार उक्त आदेश जारी गरेको हो। अदालतले अर्को आदेश नआएसम्म सरकारको राजदूत फिर्ता सम्बन्धी निर्णय कार्यान्वयन नगर्न भनिएको छ। सरकारले दुई साताअघि ती देशहरूमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

प्रधानमन्त्री सुशीला कार्कीले गत शुक्रबार सम्पादकहरूसँगको छलफलमा केही राजदूतहरूले सरकारविरुद्ध अभिव्यक्ति दिएको र केहीको हकमा आर्थिक अनुशासनको प्रश्न उठेकाले फिर्ता बोलाइएको बताएकी थिइन्।

सो निर्णय कानुनसम्मत नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो।