


काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सामाजिक सञ्जालमार्फत खड्कालाई एफसी एसियन कप क्वालिफायर २०२७ का लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको छ।
गत फागुनमा मुख्य प्रशिक्षक बनेका म्याट रोसले एक वर्ष नपुग्दै बिहीबार राजीनामा दिएका थिए।