मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ११ वटा निर्णयहरू बिहीबार सार्वजनिक गरिएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका हुन् ।

निर्णयअनुसार संघीय संसदका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक तथा सुविधा ऐनमा हेरफेर गर्ने, मोरक्कोमा हुने कार्यक्रममा सहभागी हुन प्रहरी एआइजी राजन अधिकारीलाई स्वीकृति दिने, र माघ ११ गते राष्ट्रिय सभा सदस्यको रिक्त पदमा निर्वाचन गर्ने निर्णय भएको छ ।