विश्व क्रिकेट लिग–२: नेपाल आज यूएईसँग भिड्दै, पहिलो जितकाे खोजीमा दुवै टोली

विश्व क्रिकेट लिग–२: नेपाल आज यूएईसँग भिड्दै, पहिलो जितकाे खोजीमा दुवै टोली

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय (ओडिआई) शृंखलामा नेपालले आज दोस्रो खेलमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ।

दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ।

शृंखलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका थिए। नेपालले १०६ रनको लज्जास्पद हार बेहोरेको थियो भने यूएई ४ विकेटले पराजित भएको थियो। त्यसैले आजको खेल दुवै टोलीका लागि पहिलो जित हात पार्ने अवसरका रूपमा रहेको छ।

यूएईसँग नेपालले अहिलेसम्म १५ पटक ओडिआई खेलेको छ, जसमा नेपाल ९ खेलमा विजयी भएको छ भने यूएईले ६ खेलमा जित दर्ता गरेको छ।

लिग–२ को हालको अंकतालिकामा अमेरिका २२ खेलमा ३२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। स्कटल्याण्ड ३० अंकसहित दोस्रो स्थानमा छ भने नेपाल १७ खेलमा १२ अंकसहित सातौँ स्थानमा रहेको छ। यूएई भने १७ खेलमा ६ अंकसहित तालिकाको पुछारमा छ।

आजको खेलले लिग–२ को मध्यक्रममा रहेको नेपालको पुनरागमन सम्भावनामा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।