

रूपन्देही । रुपन्देहीको कन्चन गाउँपालिका–५ फायरलाइनस्थित भित्री सडकमा गएराति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी कार दुर्घटना हुँदा सैनामैना–८ बासगढीका ४५ वर्षीय खुम बहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिकको मृत्यु भएको रूपन्देही प्रहरीले जनाएको छ।
रूपन्देही प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार आचार्यको गएराति १२:३० बजे पिपरा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो भने थापा र बिकको कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।