बंगालको खाडीको ‘मोन्था चक्रवात’ नेपाल प्रवेश गर्दै, सतर्क रहन आग्रह

बंगालको खाडीको ‘मोन्था चक्रवात’ नेपाल प्रवेश गर्दै, सतर्क रहन आग्रह

काठमाडौँ। बंगालको खाडीमा विकसित सामुद्रिक चक्रवात ‘मोन्था’ आगामी दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार चक्रवातको प्रभाव विशेषगरी कोशी र मधेस प्रदेशमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेको छ। यसका कारण नदीमा बहाव बढ्ने, पहिरो र सडक यातायात अवरुद्ध हुने जोखिम उच्च रहेको भन्दै विभागले सबै क्षेत्रका जनतालाई सतर्क रहन आग्रह गरेको छ।

हाल भारतको विशाखापटनम क्षेत्रमा रहेको ‘मोन्था’ चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतर्फ सर्दै प्रवेश गर्ने क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिएका छन्।