

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै आज छठ पर्व सम्पन्न भएको छ।
चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको अन्तिम दिन मंगलबार बिहान काठमाडौँ उपत्यकाको कमलपोखरीसहित देशभरका नदी, ताल र पोखरीका घाटहरूमा भक्तजनहरूले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्वको समापन गरेका हुन्।
छठ पर्वको अवसरमा केराका थम्बा, रंगीबिरंगी बत्ती र पुष्पले सिँगारिएका घाटहरूमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रही आएको छ। भक्तजनहरूले परिवारको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै व्रत समापन गरेका छन्।