

काठमाडाैँ, १२ असाेज । शिक्षा सेवाका दुई सय भन्दा बढी उपसचिवलाई झण्डै साढे दुई महिनादेखि कामविहीन बनाइएको छ। हाम्राुलाई राम्रा ठाउँमा पठाउन टुंगो नलाग्दा यस्तो समस्या आएको कतिपयको भनाइ छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका नगरपालिकाका शिक्षा शाखामा उपसचिवलाई खटाउने बाटो खुला गरिदिए पनि शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले कुन उपसचिवलाई कहाँ पठाउने भन्ने निर्णय गर्न नसकेको छ। याे खबर आजको गोरखापत्र दैनिकबाट लिएका हाैँ ।
शिक्षा मन्त्रलायले दुई साताअघि नै नगरपालिकाहरुमा पठाउने उपसचिवहरुको नामावली तयार गरेको थियो, तर राजनीतिक दबाब परेपछि त्यसलाई थन्क्याइएको छ।
‘फलानोलाई फलानो ठाउँमा नपठाउनू फलानो ठाउँमा पठाइदिनू भनेर राजनीतिक दबाब आएपछि हामीले बनाएको सूचीअनुसार उपसचिवहरुलाई खटाउन सकिएन’, शिक्षा मन्त्रालयका प्रशासन महाशाखाका एक अधिकिृतले भने ‘हाम्रा र राम्रको सन्दर्भ उप्काउँदै भने । नयाँ आर्थिक बर्षको साउन १ बाटै ती उपसचिवहरु कामविहीन भएका हुन् ।