आईसीसी लिग–२ : आज नेपाल र अमेरिकाबीच पहिलो भिडन्त

आईसीसी लिग–२ : आज नेपाल र अमेरिकाबीच पहिलो भिडन्त

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब एमिरेट्स (यूएई) सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज (आइतबार) नेपाल र अमेरिका आमनेसामने हुँदैछन्।

यूएईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। नेपाल रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ भने अमेरिकाको नेतृत्व मोनांक पटेलले गर्नेछन्।

त्रिकोणात्मक सिरिजमा नेपालले दोस्रो खेल यूएईविरुद्ध खेल्नेछ। नेपालले शनिबार पुनः अमेरिकासँग र आगामी बुधबार यूएईसँग खेल्ने तालिका तय गरिएको छ।

अंक तालिका अनुसार, आईसीसी लिग–२ मा अहिलेसम्म १६ खेल खेलेको नेपालले ५ जित, ९ हार र २ बराबरीसहित १२ अंक जोड्दै सातौँ स्थानमा छ।

समान संख्याका खेलबाट ३ जित र १३ हार भोगेको यूएई ६ अंकसहित तालिकाको पुछारमा रहेको छ।

२० खेलमा १४ जित र ६ हारसहित २८ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ।