सबै ग्यास उद्योग मापदण्डविपरीत

सबै ग्यास उद्योग मापदण्डविपरीत

बारा, १३ पुस ।  पथलैया वीरगञ्ग औद्यौगिक कोरिडोर एरिया क्षेत्रअन्तर्गत सञ्चालित सबै ग्यास उद्योग मापदण्डविपरीत रहेका छन् ।

बारा–पर्सामा रहेका सातवटा ग्यास रिफिलिङ स्टेसन (बोटलिङ प्लान्ट) नेपाल सरकारले तोकेबमोजिमको सुरक्षा मापदण्ड र स्थानम निर्माण नभएको कारण मानव बस्तीमा जारौं सर्वसाधारणको ज्यान तथा धनजनसमेत जोखिममा परेको खबर गाेरखापत्र दैनिकमा छ ।

एक साता अगाडि मात्र सुपर ग्यास उद्योगमा भएको आगलागीमा परी तीन जना अग्नि नियन्त्रणको मृत्युले ग्यास उद्योगहरुमा आगो निभाउने उपकरण तथा ठोस, भरपुर प्रविधि नहुँदा व्यवस्थापन पक्षबाट गम्भीर त्रृटि देखिएको घटनाको छानविन गर्न सरकारी टोलीबाट आएको खाद्य तथा आपूर्ति महाशाखाका उपमहानिर्देशक कुमार दाहालले बताए ।