ओमनमाथि ३८ रनको जीतसँगै नेपाल शीर्ष स्थानमा

ओमनमाथि ३८ रनको जीतसँगै नेपाल शीर्ष स्थानमा

काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर–सिक्स चरणमा नेपालले घरेलु टोली ओमनलाई ३८ रनले पराजित गरेको छ।

नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमनले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सफल भयो।

ओमनका विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन्।

नेपालका बलरहरूमध्ये गुल्सन झाले ३ विकेट, सोमपाल कामी र नन्दन यादवले २–२ विकेट, र सन्दीप लामिछानेले १ विकेट हात पारे। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रनको योगफल बनाएको थियो। ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ५१ बलमा ६८ रन बनाए।

अन्य ब्याटरहरूको प्रदर्शनमा —

  • आसिफ शेख २४

  • कप्तान रोहित पौडेल १

  • दीपेन्द्रसिंह ऐरी २

  • कुशल मल्ल ७

  • आदिल आलम १६

  • नन्दन यादव ९

  • गुल्सन झा १८
    र सोमपाल कामी १ रनमा अविजित रहे।

ओमनका नदिम खानले ४ विकेट लिएका थिए।

यस जितसँगै नेपालले ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने पराजित ओमन ६ अंकसहित दोस्रो स्थानमा झरेको छ। नेपालले अब आफ्नो अन्तिम खेल सोमाआसंग खेल्ने छ।