मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्रप्रसाद सोनल नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्रप्रसाद सोनल नियुक्त

जनकपुरधाम। मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्रप्रसाद सोनल (सोनल) नियुक्त भएका छन्।

नेपालको संविधान धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार साँझ सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

सोनलले ६ दलको समर्थनमा ५७ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए। त्यस्तै, कांग्रेसका नेता कृष्णप्रसाद यादवले पनि अलग दाबी पेश गरेका थिए।