मधेशका मुख्यमन्त्री सिंहले सदनमै दिए राजीनामा

मधेशका मुख्यमन्त्री सिंहले सदनमै दिए राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज प्रदेश सभाको बैठकमै आफ्नो राजीनामा घोषणा गरेका छन् ।

विश्वासको मत लिन बोलाइएको आजको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले अन्ततः मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

राजीनामा घोषणाअघि सिंहले सरकार सञ्चालनमा जनमत पार्टीले गरेको असहयोगप्रति कडा टिप्पणी गरे । उनले पार्टीको केन्द्रीय नेतृत्व र प्रदेश संसदीय दलको नेताले एकल निर्णय लिँदै सरकार अस्थिर बनाएको आरोप लगाए ।