मधेस प्रदेशकी शिक्षामन्त्री तिवारीले दिइन् राजीनामा, मुख्यमन्त्री सिंह विश्वासको मत अघि संकटमा

मधेस प्रदेशकी शिक्षामन्त्री तिवारीले दिइन् राजीनामा, मुख्यमन्त्री सिंह विश्वासको मत अघि संकटमा

जनकपुरधाम । मधेश प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले सोमबार राजीनामा दिएकी छन्। मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै उनले पदबाट राजीनामा बुझाएकी हुन्।

शर्मा  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मन्त्री बनेकी थिइन्। मुख्यमन्त्री सिंहले प्रदेश सभाबाट विश्वासको मत लिने पूर्वसन्ध्यामा मन्त्री शर्माले राजीनामा घोषणा गरेकी हुन्।यसअघि मुख्यमन्त्री सिंहकै दलले आफ्ना मन्त्रीसहित समर्थन फिर्ता लिइसकेको छ। त्यस्तै, सत्तागठबन्धनका कांग्रेस र एमालेले समेत समर्थन फिर्ता लिइसकेका छन्।

जेन–जी आन्दोलन चर्किँदै जाँदा गत भदौ २४ गते सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए। तर पछि उनले राजीनामा नदिने निर्णय गर्दै विश्वासको मत लिन लागेका हुन्।

अहिलेसम्मको राजनीतिक समीकरणअनुसार सिंहलाई लोसपाको मात्र समर्थन बाँकी छ, जसले उनको सरकार संकटमा परेको देखिन्छ।