प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा पहिलो राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा पहिलो राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा आज पहिलो पटक राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइएको छ।

अपराह्न बस्ने बैठकको एजेन्डा प्रधानमन्त्री कार्कीले सोही समयमा पेश गर्ने बताइएको छ। प्रारम्भिक अनुमानअनुसार, नेपाली सेनाको हतियार खरिदसम्बन्धी विषय एजेन्डामा हुन सक्ने बताइएको छ।

राष्ट्रिय सुरक्षा परिषद् सदस्यमा प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, रक्षा मन्त्री र प्रधान सेनापति रहने व्यवस्था छ।