इजरायलस्थित नेपाली राजदूतले भने– विपिन जोशी जीवित छैनन्

इजरायलस्थित नेपाली राजदूतले भने– विपिन जोशी जीवित छैनन्

काठमाडौं । इजरायलले हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेको कुनै प्रमाण फेला नपरेको जानकारी उनको परिवारलाई दिएको छ।

इजरायली सेनाका अनुसार, आज रिहा हुन लागेका बन्दकको सूचीमा विपिनको नाम छैन, जसको अर्थ उनी जीवित नरहेको अनुमान गरिएको हो।

नेपालका लागि इजरायली राजदूत धनप्रसाद पण्डितले जानकारी दिँदै भने:

  • आज जिवित बन्दकहरूलाई २–३ घण्टाभित्र रिहा गरिँदैछ।

  • हमासले दिएका रिहा सूचीमा विपिनको नाम थिएन।

  • यसका आधारमा इजरायली सेनाले परिवारलाई विपिन जीवित नभएको जानकारी दिएको छ।

उनी थप्छन्, मृतकको लाश बुझाउने प्रक्रिया भइरहेको भए पनि त्यहाँ पनि विपिनको नाम समावेश छैन। खोजी कार्य जारी रहेको र थप विवरण आउन बाँकी छ।

विपिनलाई ७ अक्टोबर २०२३ मा इजरायलको किब्बुज आलुमिमबाट कब्जामा लिएर बन्दक बनाइएको थियो।

यस घटनाले परिवार र सम्बन्धित सबैलाई गहिरो पीडा पुगेको छ।