

काठमाडौं । हमासको सैन्य शाखाले आज रिहा हुने तयारीमा रहेका २० बन्धकहरूको नाम सार्वजनिक गरेको छ। तर सो सूचीमा नेपाली नागरिक विपिन जोशी र इजरायली सैनिक तमिर निमरोदीको नाम समावेश छैन।
सूचीमा रहेका २० बन्धकहरूको नाम पहिल्यै वार्ताको क्रममा इजरायल पक्षलाई दिइएको थियो। अहिले ती नाम सार्वजनिक गरेर उनीहरूको रिहाइ प्रक्रियामा जानकारी उपलब्ध गराइएको हो।