बलात्कारपछि हत्यामा संलग्न सार्वजनिक

बलात्कारपछि हत्यामा संलग्न सार्वजनिक

पोखरा, १० असोज । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीकी श्रीया विक (सुनार)को बलात्कारपछि हत्या गर्ने कुसुम पौडललाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख ओमबहादुर रानाले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका पौडेलले घटनामा आफू संलग्न रहेको स्वीकार गरेको जानकारी दिनुभयो ।

छानबिन र अनुसन्धानका क्रममा घटनाको जानकारी हुनासाथ प्रहरीले केही घण्टाभित्रै शङ्कास्पद व्यक्ति पक्राउ गरेको बताउँदै उहाँले केरकारका क्रममा पौडेलले हत्या गरेको स्वीकार गरेको उल्लेख गर्नुभयो ।

प्रहरीका अनुसार सोमबार रक्सी र गाँजाले मातेर घर आउँदा पौडेलले बाटोमा श्रीयालाई भेटेपछि शुरुमा चकलेट खाऊ भनी रु पाँच दिए । त्यसपछि पुनः रु १० देखाई प्रलोभनमा पारी जबर्जस्ती गर्न खोजे । श्रीयाले प्रतिकार गर्न खोजेपछि घाँटी थिचे र झाडीतिर फालिदिए । झाडीमा घाँटी थिचेर बलात्कार गरी ढुङ्गाले हानी हत्या गरे । स्थानीयवासीले आज विरोध र्यालीसहित जिल्ला प्रहरी कार्यालय अघि धर्ना दिँदै हत्यारालाई हदै सम्मको कारवाही गर्न माग गरेका छन् । रासस