सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, कति पुग्यो तोलाको ?

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लाग्दै नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । मंगलबार २३ सय रुपैयाँले बढेको सुन बुधबार फेरि २६ सय रुपैयाँले उक्लँदै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यद्यपि सुनको मूल्यमा तीव्र वृद्धि देखिए पनि चाँदीको मूल्य भने सामान्य रूपमा घटेको छ । बुधबार ५ रुपैयाँले घट्दै एक तोला चाँदी २ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ९६० रुपैयाँ थियो ।

हालको वृद्धि संगै नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ उचाइ बनाइरहेको व्यवसायीहरूले बताएका छन् ।