अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाः नेपाल र मलेसिया फाइनल खेल खेल्दै

अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाः नेपाल र मलेसिया फाइनल खेल खेल्दै

काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको फाइनलमा नेपाली महिला टिम आज मलेसियासँग खेल्दै छ । बुधबार मलेसियाको बायुमास ओभलमा हुने खेलमा नेपाली महिला टिम मलेसियासँग प्रतिस्पर्धा गर्न लागेका हुन् ।

पाँच खेलको सिरिजमा २–२ को बराबरी खेलेका नेपाल र मलेसिया आज फाइनल प्रतिस्पर्धा गर्न लागेका हुन्। पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको थियो ।