बालेन र सुदनविरुद्ध जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुग्यो अनेरास्ववियुको टोली

बालेन र सुदनविरुद्ध जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुग्यो अनेरास्ववियुको टोली

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दर्ता गर्न नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका प्रतिनिधि जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका छन्।

अखिलका महासचिव दीपक धामीका अनुसार अनेरास्ववियुको टोलीले “तोडफोड, आगजनी र प्रहरीमाथि आक्रमण” सम्बन्धी उजुरी दर्ता गर्न परिसर पुगेको हो। जाहेरी बुझ्न आएका टोलीका तीन जनालाई प्रहरीले छलफलका लागि भित्र बोलाएको छ।

यसअघि, २४ भदौमा जेनजी आन्दोलनको क्रममा संसद भवन, सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो।