

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।
निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आगामी कात्तिक ३० गतेसम्मको समयसीमा तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार, नयाँ दलहरूले कात्तिक ३० गतेअघि नै दल दर्ताको प्रमाणपत्र लिनुपर्नेछ।
आगामी निर्वाचन प्रयोजनका लागि आयोगले मंसिर १ देखि १० गतेसम्म दल दर्ताको मिति तोकेको छ। यस अवधिमा दर्ता भएका दलहरूले आगामी निर्वाचनमा सहभागिता जनाउन सक्नेछन्।
