

चितवन । लगातारको वर्षा र सडक अवरुद्धताका कारण चितवन हुँदै जाने राजमार्गमा सवारीसाधन सञ्चालन अस्थायी रूपमा रोकिएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनमा शुक्रबार बसेको सुरक्षा निकाय, होटल व्यवसायी संघ (हान) र सरोकारवालाबीचको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।
प्रशासनले बाहिरी जिल्लाबाट चितवन आइपुगेर बीचमै अलपत्र परेका यात्रुका लागि आवासको विशेष व्यवस्था मिलाएको छ । भरतपुर, नारायणगढ र सौराहाका होटलहरूले नियमित दरमा ७५ प्रतिशत छुटसहित बस्न दिने सहमति भएको प्रशासनले जनाएको छ ।
यात्रुहरूले सो व्यवस्था लिनका लागि ९८५५०१४१८० नम्बरमा सम्पर्क गर्न सक्ने प्रशासनले जानकारी दिएको छ ।