विश्वकप छनोटका लागि १५ सदस्यीय टोली घोषणा, सन्दीप पनि समेटिए

विश्वकप छनोटका लागि १५ सदस्यीय टोली घोषणा, सन्दीप पनि समेटिए

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसीसी मेन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटका लागि १५ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको छ। कप्तानको जिम्मेवारी रोहित कुमार पौडेललाई दिइएको छ।

घोषित टोलीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन्। यससँगै नेपालले एसिया क्षेत्र छनोटमा बलियो टिम उतार्ने तयारी गरेको क्यानले जनाएको छ।