काठमाडाैँ, १० असाेज । संघीय संसद्को वर्षे अधिवेशन यही साताभित्र टुंगिने भएको छ । गत २३ वैशाखबाट प्रारम्भ भएको अधिवेशनबाट चालू आर्थिक वर्षको बजेटसँगै सरकारको नीति तथा कार्यक्रम र मौलिक हक कार्यान्वयन गर्न आवश्यक ऐन समयसीमाभित्र पारित गरिसकेकाले अधिवेशन नलम्बिने सभामुख कृष्णबहादुर महराले जानकारी दिए । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकबाट लिएका हाै ।
संवैधानिक व्यवस्थाबमोजिम गठन भएको प्रतिनिधिसभा र राष्ट्रिय सभा सम्मिलित संघीय संसद्को यो पहिलो वर्षे अधिवेशन हो । यस अधिवेशनबाट आर्थिक वर्ष ०७५/७६ को बजेट पारित हुनका साथै मौलिक हक कार्यान्वयनसम्बन्धी १६ विधेयक पारित भएको छ ।