नवकुमारी आर्यतारा शाक्यले गरिन् आसन ग्रहण

नवकुमारी आर्यतारा शाक्यले गरिन् आसन ग्रहण

काठमाडौं। नवघोषित कुमारी आर्यतारा शाक्यले आज मध्याह्न शुभ साइतमा कुमारी घरमा विधिपूर्वक आसन ग्रहण गरेकी छन्।

१२:०५ देखि १२:१६ बजेसम्मको शुभ साइत पारेर गरिएको उक्त विधिमा बाजागाजासहित पूर्वकुमारी तृष्णा शाक्यलाई बिदाइ गरिएको हो। काठमाडौं इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाहपछि विधिअनुसार कुमारीका रूपमा छनोट गरिएको हो।

कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले नवकुमारीको दर्शन गर्ने परम्परा अनुसार यसपालि पनि राष्ट्रप्रमुखले आर्यताराको पूजाआजा गर्नेछन्।